खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा-३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर  मृत्यु भएको छ । 

सोमबार बिहान सवा ८ बजे  छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

बस र बस चालक सुनसरी बराहाक्षेत्र-४ का ३५ बर्षीय  दल बहादुर पौडेल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।