धनकुटा । धनकुटा नगरपालिका–९ बेलहरा, सावाँबारीकी ८८ वर्षिया वृद्धाको आईतवार विहान आगो ताप्ने क्रममा शरिर लगाएको कपडामा आगो सल्किएर मृत्यु भएको छ । 

घरमा कोही नभएको समयमा आगो ताप्दै गर्दा आइतवार विहान आफ्नै घरमा जलेर ८८ वर्षकी भक्तकुमारी बरालको मृत्यु भएको वेलहरा प्रहरी चौकीका इन्चार्ज डोमी साहले बताए । वृद्धा भक्तकुमारी एक्लै खाना पकाएर खान्थिन् । आगो ताप्ने क्रममा जलेर भान्सा कोठामै मृत्यु भएको अवस्थामा विद्यालय जाने बालिकाले देखेपछि उनका परिवारले थाहा पाएका थिए । 

घट्नापछि प्रहरीले स्थलगत मुचुल्का उठाएर वृद्धाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल धनकुटा लगिएको छ ।