विराटनगर ।   प्रदेश १ मा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ ।

विराटनगरस्थित कोशी अस्पतालका सुपरिटेन्डेन्ड डा. चुमनलाल दास र कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले कोराना विरुद्धको खोप बुधबार लगाएर प्रदेशमा अभियान सुरू भएको हो । 

प्रदेशको १४ जिल्लामा २५ वटा खोपकेन्द्रहरूबाट ३५ हजार ५ सय  ७६ जनलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतल जानकारी दिए ।

उनका अनुसार बुधबार प्रदेशको ८ जिल्लाको १९ केन्द्रमा रहेको खोप केन्द्रबाट खोप लगाउने बताए ।

पहिलो चरणमा ७ हजार ९ सय ९७ जना सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, ५ हजार ७ सय ३१ जना निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, ८ हजार ५ सय २८ जना महिला स्वयमसेविका र ७ हजार २५ जना सरसफाइ कर्मचारीलाई खोप लगाउने तयारी गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पहिलो दिन ५ सय ८२ जना चिकित्सकलाई कोरोना विरुद्धको खोप लगाउने निर्देशानलयका प्रमुख बस्नेतलले जानकारी दिए ।

मोरङमा चार वटा खोप केन्द्रबाट कोराना विरुद्धको खोप लगाउने केन्द्र तोकिएको छ । मोरङको कोशी अस्पतालको कोभिड उपचार केन्द्र, विराटनगरस्थित नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र रंगेली अस्पतालमा केन्द्र तोकिएको छ ।

यस्तै सुनसरीमा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल, सुनसरी जिल्ला अस्पताल र इनरुवा अस्पतालमामा खोप केन्द्र तोकिएको छ ।

यस्तै झापामा पनि चार वटा खोप केन्द्र ताकिएको छ । स्वास्थ्य निर्देशानलायका प्रमुख बस्नेतका अनुसार बुधबार १४ जिल्ला मध्ये ८ वटा जिल्लामा १९ वटा खोप केन्द्र स्थापना भएको जानकारी दिए ।

बिहीबार चार वटा  जिल्लामा माघ १६ गते ४ वटा जिल्लामा खोप केन्द्र स्थापना हुनेछ । प्रदेश १ मा ९६ हजार डोज खोप आएको छ ।

‘सबै जिल्लामा कोरोना विरुद्धको खोप पुगेको छ,’ स्वास्थ्य निर्देशनालयका प्रमुख बस्नेतले भने, ‘पहाडी र हिमाली जिल्लामा दुई दिन पछि खोप अभियान सुरू हुनेछ ।’ पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी , शव व्यवस्थापक खटिने कर्मचारी, एम्बुलेन चालक र असपतालका कार्यरत कर्मचारीलाई खोप लगाउने तयारी मन्त्रालयले जनाएको छ । 

प्रदेशमा प्रमुख जिल्ला अधिकारीको समन्वयनमा खोप समिति बनेको छ । खोप लगाएपछि हुनसक्ने सम्भाबित घटनाको व्यवस्थापनमा लागि पनि टिम बनाएको छ । खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई पनि तालिम दिएको छ ।

प्रत्येक खोप केन्द्रमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी रहनेछन् । अहिले खोप केन्द्रमा ७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

खोप लगाउँदा कुनै साइट इफेक्ट भएको खण्डमा उपचार गर्नको लागि रिफरल सेन्टरको रुपमा अस्पताल पनि तोकिएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोडिभ उपचार केन्द्र र धरानको बिपी प्रतिष्ठान तोकिएको छ । 

कोभिड विरुद्धको खोप लगाईसकेपछि कोशी अस्पतालका बरिष्ठ फिजिसिजन डा. दीपकसिग्देलले भ्याक्सीन सुरक्षित रहेकाले डराउनु नपर्ने बताए । उनले कोभिसिल्ड ७० प्रतिशतप्रभावकारी रहेको बताए । पहिलो खोपलगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिना सम्म सुरक्षितरहन सकिने उनले बताए ।