श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल पुस २९ गते बुधबार, १३ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको औंसी तिथि १०ः४६ बजेसम्म, उप्रान्त प्रतिपदा तिथि, नक्षत्र उत्तरषाढा ५ः४१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३० मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

कार्यसिद्धि होला मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले साथ दिनेछ । उच्च अधिकारीबाट साथ पाइनेछ ।   


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ । रोग, कष्ट नोक्सानी आदि हुनसक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

ढिलासुस्तीको कारणले आफ्नो हातमा आउन लागेको काम अरूले हात पार्न सक्छ । दिन सामान्य छ ।   


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यापार–व्यवसायको लगानीबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । व्यवसायबाट प्रशस्त लाभ हुनेछ । मन प्रसन्न रहला ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षाक्षेत्रबाट सफलता हासिल गर्ने योग रहेको छ । लामो दूरीको यात्रा होला । पढाइ राम्रो रहनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पढाइमा तथा प्रेममा सफलता प्राप्त हुनाले मन प्रसन्न रहला । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । दिन राम्रो छ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मानसिक चिन्ताको कारण दिमागमा गहिरो असर पर्नसक्छ । सावधानी अपनाउनु होला । दिन सामान्य छ । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वैवाहिक जीवन तथा व्यवसायका क्षेत्रमा केही चिन्ताको स्थिति रहन सक्छ । पढाइमा रुचि हुने छैन ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

तपाईंमा रिस तथा अहम्ता वृद्धि हुनसक्छ । अतः संयमित भएर आफ्नो कार्य गर्नुहोला । दिन सामान्य नै देखिन्छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जागिरको क्षेत्र राम्रै रहनेछ । धार्मिक स्थान तथा मन्दिरहरूको भ्रमण र दर्शन गर्ने अवसर मिल्नेछ । यात्रा फलदायी होला ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्यसिद्धिमा बाधा अड्चन आउनेछ । समस्याको सामना गर्नुपर्ने योग रहेको छ । दिन सामान्य छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसिक असन्तोष पैदा हुनेछ । आफन्तजनसँग सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नु होला । यात्रा कष्टकर देखिन्छ ।