भद्रपुर । सामुदायिक विद्यालयमा अध्ययनरत ४सय ३५ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ ।

भद्रपुर नगरपालिका ४ नं वडाभरिका विपन्न विद्यार्थीहरुलाई सो सामग्री वितरण गरिएको हो । सो वडामा मा ३ वटा सामुदायिक विद्यालय रहेका छन् ।

  संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको पोशाकमा एकरुपता ल्याउन भद्रपुर ४ नं वडा कार्यालयले वर्षेनि सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्दै आएको भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशीले बताए ।

उनले वडाको बजेटबाट विद्यार्थीहरुलाई स्वीटर दिइएको जानकारी दिए । 

सबै विद्यार्थीहरुको पोशाकमा एकरुपता , बालमनोविज्ञानको सिर्जनशील ऊर्जा ’भन्ने नाराका साथ संस्थागत र सामुदायिक विद्यालयको पोशाक एउटै बनाइएको वडाध्यक्ष राजवंशीले बताए ।

यस वर्ष कोरोना सङ्क्रमणका कारण विद्यालय नलागेपछि वडाको बजेटले स्वीटर वितरण गरिएको उनले जानकारी दिए ।

साविक महेशपुर गाविस हाल भद्रपुर ४ बनेको वडाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजवंशी , सन्थाल समुदायका विपन्न वर्गका रहेको उनले जानकारी दिए ।