विजयपुर । धरान उपमहागरपालिकाले ‘स्वच्छ धरान, सुन्दर धरान’ नारा लगाउन थालेको धेरै समय भईसक्यो । उपमहानगरपालिकाले धरानवासीलाई जथाभावि फोहोर नफाल्न पनि सचेत गराउँदै आएको छ । तर धरान उपमहानगरपालिकाकै कर्मचारीहरुले भने कार्यालय नजिकैको खहरे खोलामा फोहोर फाल्ने गरेको पाइएको छ । 

गत सोमबार उपमहानरले धरान स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना ग¥यो । सरसफाईका क्रममा उपमहानगर कार्यालय छेउको खहरे आसपासका स्थानीयवासी ममता परिवार र अनिता सिवाले उपमहानगरपालिका भित्र बस्ने कर्मचारीहरुले पनि पर्खालको प्वालबाट पुराना कपडा लगायतका फोहोर फ्याक्ने गरेको बताए । 

उपमहानगरपालिका कार्यालयका कर्मचारी र खहरे किनारका स्थानीयवासीले खोलामा फोहोर फाल्दा खोला दुगन्धित अवश्थामा छ । खहरेमा फर्निचरबाट निस्किएको धुलो,  कपडा सिलाउँदा निस्कने फोहोर लगायत मरेको कुखुरासम्म फ्याक्ने गरेको पाइएको छ । 

त्यस्तै माछाभौडी नजिक धरान–७ को शान्तिपथ स्थित खहरेको पनि अवस्था उस्तै छ । सो खहरेमा पनि स्थानीयवासी र ठेलामा फास्टफुट बेच्ने लगायतले पनि फोहोर फाल्ने गरेका छन् । सो खहरेमा त पानी बगेको बेला चर्पिको ढलसम्म हाल्ने गरेको स्थानीयवासीहरुले बताएका छन् । यि मात्र होईन, धरानमा प्रायः खहरेहरु स्थानीयवासीको फोहोर फाल्ने स्थान नै बनेका छन् ।

धरानमा सरसफाई अभियान चलाइरहेका सेवक अभियानका राजिव हलवाई जथाभावि फोहोर फालिनुमा उपमहानगरपालिकाको कमजोरी रहेको बताउँछन् । उनले प्रत्येक वडाका टोलमा टोल विकास समिति रहेपनि समिति बजेटको पछिमात्र लागेको आरोप लगाए । उनले टोल विकास समितिले पनि सरसफाई  गर्नुपर्ने बताए । 

उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले यो वर्ष कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै धरान दिवसमा सरसफाई कार्यक्रम आयोजना गरेको वताइन् । उनले खहरे धरानको बरदान भन्दै यस्तो दुर्गन्धित नवनाउन सम्बन्धित पक्षलाई आग्रह गरिन् ।