झापा । झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षीया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ । 

आइतबार राती ८ः३० बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा खोलाले बगाएर दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।