धरान । उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ । शुक्रबार बालिका बलात्कार गरेको जाहेरी परेपछि विकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।