यासोक । पाँचथरको कुम्मायक गाउँपालिका १ स्थीत भदौरेमा रहेको न्यु लाइफृ एपोष्टलिक र्चचको मण्डलीको भवन उत्घाटन गरिएको छ । 

नयाँ वर्ष सन २०२१ को अवसर पारेर गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले भवनको उत्घाटन गरेका हुन । चर्चका ९० जना सदस्यहरुले ७ लाख ५५ हजार रुपैयाँ संकलन गरी भवन निर्माण गरेका थिए ।

४ रोपनी क्षेत्रफलमा निर्माण भएको भवन निर्माणको लागि १ नम्बर वडा कार्यालयले १ लाख रुपैयाँ बिनियोजन गरेको थियो । बाँकी ७ लाख ५५ हजार रुपैयाँ सहयोगी मनहरुबाट संकलन गरी भवन निर्माण गरिएको चर्चका पास्टर इन्द्रबहादुर नेपालीले बताए ।

 कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जुनसुकै जात धर्म सस्कार र सकृतिको संरक्षण गर्न गाउँपालिका तत्पर रहेको बताउँदै उनले ४० दिनमै एक तले पक्की भवन निर्माण गरेर उदाहणीय काम गरेको भन्दै प्रशंसा समेत गरे ।

  चेम्जोङले आगामी दिनमा गाउँपालिकाले मण्डलीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । २००९ सालमा बाँसका भाटाको भवनलाई हटाएर एक तले पक्की भवन ४० दिनमै निर्माण गर्न चर्चका सदस्यहरु सफल भएका थिए ।

सोही अवसरमा काठमाण्डौका पास्टर डेविट पावल लिम्बु, झापाको दमकका पास्टर हेमन्त सुब्बा, मोरङको उर्लाबारीका पास्टर दिलकुमार सिवा लगायतका पास्टरहरुले प्रभु एसुको ज्ञान, शिक्षा र नव वर्षको बारेमा भनाइ राखेका थिए । कार्यक्रम सोही चर्चका पास्टर इन्द्रबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।