भण्टाबारी । सुनसरीको कोशी गाउँपालीकामा अपांगता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ ।

कोशी गाउँपालीकामा संचालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्तिको लागि स्वास्थ परिक्षण शिविर बिहीबारबाट सुरु भएको हो ।

कोशी गाउँपालीकाको आयोजना तथा समाजिक विकास मन्त्रालय प्रदेश १ र करुणा फाउन्डेसनको साझेदारीमा सुरु भएको उक्त शिविर  आठवटै वडामा गरिनेछ । शिवरको पहिलो दिन कोशी गाउँपालीका वडा नम्बर १ र २ का अपांगता भएका ९० जना व्यक्तिले सेवा लिएका छन् ।


सो शिविरका फोकल पर्सन राजकिशोर मेहताका अनुसार लौकही स्वास्थ्य चौकीमा आयोजित उक्त स्वास्थ्य परिक्षण शिविरमा जेनेरल फिजिशियनबाट स्वास्थ्य परिक्षण, अँखा तथा कान विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो । 

शिविरमा अर्थोपेडिक सर्जन संतोष नेपाल,नेत्र विशेषज्ञ आकाश देव र ओडियोलोजिष्ट रमेशकुमार चौधरी तथा करुणा फाउन्डेसनबाट आएका विशेषज्ञहरूले उनीहरूलाई सेवा दिएका थिए ।

स्वास्थ्य परिक्षण शिविरबाट सहायक सामाग्रीका जस्तै ह्विल चियर, श्रवणयंत्र,कृत्रिम खुट्टा,कृत्रिम हात,वैशाखी र एल्स्टिकको लागि २५ जना छनोट भएका छन् भने फेजिओथरोयापी सेवाको लागि ३० जना र थप उपचारका लागि १८ जना छनोट भएको फोकल पर्सन मेहताले जानकारी दिए ।

उनीहरूलाई चिकित्सकको सल्लाहअनुसार सामाग्री हस्तान्तरण गरिनेछ ।


केही समयपहिले गरिएको सर्वेक्षणका क्रममा कोशी गाउँपालीकाको ८ वडामा ६८६ जना अपांगता भएका  व्यक्ति पाइएकोमा उनीहरूको अवस्था बुझ्दै थप आवश्यक उपचार गर्ने उद्देश्यले शिविर संचालन गरिएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।


ति बाहेक पहिचान हुन बाकी रहेका अपांगता भएका व्यक्तिको पहिचान गर्दै कार्डसमेत वितरण गरिने फोकल पर्सन मेहताको भनाइ छ ।