बेलबारी / कोभिड महामारीका बीच मंगलबार देखि देशैभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

परीक्षाका बेला स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्दै संक्रमण फैलनबाट जोगिएर परिक्षा शुरु गरिएको मोरङ बेलबारी ९ स्थीत श्री काली माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण कोइरालाले बताए ।

बेलबारी ९ पोखरीया घर भई बाबुको किरिया बसेका मेरिल्याण्ड कलेज बिराटनगरमा कक्षा १२ का नियमित समूहका विद्यार्थी आभाष पाण्डेले पनि यसै विद्यालयमा कक्षा १२ को परीक्षा दिईरहेका छन् । उनलाई छुट्टै परिक्षा हलमा परिक्षा दिने व्यवस्था मिलाईएको प्रधानध्यापक नारायण कोइरालाले बताए ।

स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्कमा साबुन पानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको परिक्षा बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।