धरान । नेपालमा पछिल्लो २४ घन्टामा १९८० कोरोना संक्रमित थपिएका छन् । भने ३०४३ जना संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमितमध्ये २ लाख २ हजार ६७ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १० हजार ३ सय ८२ वटा नमूना पीसीआर परीक्षण गरिएको छ । यससँगै हालसम्म देशभर १६ लाख ७० हजार ४ सय ५६ वटा नमूना पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा हाल १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित र क्वारेन्टिनमा ६२९ जना रहेका छन् ।