धरान । सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रदेश तथा संघीय सांसदहरुले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिष्ठानले सञ्चालन गरेको कोभिड –१९ अस्पतालमा व्यवस्थपकीय कमजोरीले समस्या आएको र नयाँ जडान गरेको भेन्टिलेटरले काम नगरेको विषयमा जनगुनासो बढे पछि पदाधिकारीहरुसँग कोभिड अस्पताल र उपचार सेवाबारे शुक्रबार छलफल गरेका हुन ।

कोभिड अस्पताल पूर्णक्षमता अनुसार सञ्चालन हुन नसकेको, भेन्टिलेटेर ३ महिनामै बिग्रिएको र अक्सिजन पनि नहुँदा कोरोना संक्रमितहरुले घरमै ज्यान गुुमाउन थालेपछि गम्भीर चासो व्यक्त गर्दै संघीय र प्रदेश सांसदहरु उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई प्रश्न गरेका थिए । भेन्टिलेटर केठेदार कम्पनिले कमसल सामान दिएर समस्या भएको भए पनि पदाधिकारीहरुले ठेकेदार कम्पनिलाई बचाउदैं व्यवस्थापनलाई कमजोर बनाउन केही तत्वले भेन्टिलेटरमा पानी हालि दिएर विगारेको जवाफ दिएको छलफलमा सहभागी एक माननीयले बताए ।

संघीय प्रतिनिधी सभा सदस्य जयकुमार राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सांसद तथा नेकपा स्थायी कमिटी सदस्य भीम आचार्य, सांसदद्धय सावित्री श्रेष्ठ, उर्मिता बराइलीले प्रतिष्ठानका पदाधिकारीहरुसँग ३ घण्टा लामो छलफल गरेका हुन् । अर्का प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठ भने अनुपस्थित थिए ।

नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्जसमेत रहेका भीम आचार्यले कोभिड महामारीको बीचमा अस्पताल व्यवस्थापनमा भएका कमीकमजोरी तथा जनगुनासो बारे छलफल गरिएको जानकारी दिए ।

प्रतिष्ठानले सुधार गर्ने प्रयत्न गरिरहे पनि परिणाम भने आइनसकेको पाइएको पनि उनले बताए । प्रदेशसभाका सांसदसमेत रहेका नेता आचार्यले कोभिड अस्पताल १ सय बेडको भए पनि अक्सिजन पाइपको अभावले ५५ बेड मात्र काम गरिरहेको जानकारी पाएको बताए ।

‘हस्पिटल सय बेडको रहेछ, तर अक्सिजन पाइप नहुँदा ५५ बेडमात्र काम गरिरहेकोले मान्छेले बेड नपाइरहेको अवस्था छ,’नेता आचार्यले भने,‘ ५ दिनभित्र थप ३० बेडमा पाइप पुर्याउने र १५ दिनभित्र सम्पुर्णमा पाइप जडान गरिसक्ने पदाधिकारीहरुले प्रतिवद्धता जनाउनु भएको छ । आशा गरौं । अव विरामीहरुले राहत पाउने छन् ।’

भेन्टिलेटर र आइसियुको अभावलाई समाधान गर्नको लागि केही आइसियु थप गर्न १५ दिनभित्र प्रक्रिया अघि बढाउने पनि अस्पताल प्रशासनले प्रतिवद्धता जनाएको छ ।

साथै, किनेको भेन्टिलेटर १५ दिनभित्र ल्याएर जडान गरिसक्ने र द्रुतगतिले प्रक्रिया अघि बढाउने पनि समझदारी भएको उनले बताए । ‘महामारी पिकमा जाने खतरा छ, विश्व स्वास्थ्य संगठनले पनि मंसिर महिनामा पिकमा जान्छ भनेकोले अझ समस्या खडा हुनसने भएकाले कोभिड बेड संख्या २ सय पुर्याउन, आइसोलेसनको संख्या २ सय पुर्याउने प्रक्रियाको प्रस्ताव तयार गरेर अघि बढाउने सहमति भएको उनले जानकारी दिए । यसका लागिअवश्यक सहयोगका लागि प्रदेश र संघमा पहल गर्ने पनि माननीयहरुले प्रतिवद्धता जनाएका छन् ।

‘यहाँको व्यवस्थापकीय त्रुटीको कुरालाई तुरुन्त सुधार गर्ने । यहाँको बेडले नपुग्ने स्थिति बन्छ भने अन्त कुनै सरकारी कार्यालय, घरहरु छ भने रिजर्भकोरुपमा सोचिरहने, पछि चाहियो भने २, ४ दिनभित्र व्यवस्थापन गरेर अघि जान सकिने गरि तयारी थाल्न उनीहरुलेअस्पताल प्रशासनलाई सुझाव दिएकाछन् ।

आगामी दिन जनगुनासो नआउने गरि अस्पताल प्रशासनले व्यवस्थापन गरेर सञ्चालन गरि जनतालाई सेवा पुर्याउन सुझाव दिइएको संघीय सांसद जयकुमार राईले बताए । कोभिडको यति सुविधा सम्पन्न अस्पताल पूर्वमाहुदा हुदैं अस्पतालमा आवश्यक सामान मर्मत तथा जडान नगरेर विमारीको ज्यान जाने अवस्था आउनु दुख्द भएको सांसद राईले बताए ।

उपकुलपतिले सचिवालयबाट कमजोरी भएको स्वीकारे

कर्मचारीहरुलाई गैरकानुनी नियुक्ति सरुवाजस्ता विवादका विषयमा पनि छलफलमा कुरा उठे पछि सचिवालयबाट कमजोरी भएको र अवका दिनमा सुधारेर लाने उपकुलपति गिरीले प्रतिवद्धता व्यक्त गरेको संघीय सांसद राईले जानकारी दिए ।

‘हामीले प्रतिष्ठानको निकै आलोचना भएको पायौ, जनताको गुनासो धेरै आयो, किन यस्तो भएको भनेर प्रश्न गर्दा उपकुलपति ज्युले आफ्नो सचिवालयबाट केही कमजोरी भएको र ततकाल सुधार गरेर लाने प्रतिबद्धता जनाउनु भएको छ । हामी फेरी एक महिना पछि छलफल भएका विषयको प्रगतिबारे पुन छलफल गर्ने छौं ।’–सांसद राईले भने ।

प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले जनप्रतिनिधिहरुसँग कोभिड अस्पताल र त्यसको व्यवस्थापन, प्रदेश १ मा बढ्दो संक्रमणले निम्त्याएको चुनौतीबारे छलफल भएको जानकारी दिए । कोभिड अस्पतालमा अझै आइसियु क्षमता विस्तार गर्ने, भविष्यमा बढ्ने विरामीकोलागि प्रदेश र केन्द्रमा समन्वय गरेर सय बेडको निर्माणको खाका बनाएर पहल गर्ने, उहाँहरुले पनि प्रयास गर्ने भन्ने छलफल भएको उनले बताए ।

कोभिड अस्पताल सय बेडको क्षमतामा सञ्चालन नभएको बारेमा उनले स्पोशियालिटी अनुसार बेड छुट्याइएको हुनाले जनरल बेड संख्या मात्र गन्दा सय बेड नपुगेको बताए । स्पेशियालिटी अनुसार जस्तै प्रसुती, मुटु रोग, बच्चा लगायतका लागि छुट्याइएको छ । त्यसैले जनरल बेडलाई मात्र गन्दा सय नपुगेको हो । अक्सिजन पाइपलाइन र प्लान्ट सुचारु गरेर क्षमता विस्तार गर्ने प्रतिष्ठान लागि परेको उनको भनाई छ ।

छलफलको विषयमा प्राडा ज्ञानेन्द्र गिरीसँग प्रतिक्रिया लिन खोज्दा उनले अरुसँग लिइ हाल्नु भयो मेरो किन चाहियो भनेर दिन मानेनन् । छलफलमा उपकुलपति प्राडा गिरी, रेक्टर प्राडा गूरुप्रसाद खनाल र रजिष्टार प्राडा रेग्मीको उपस्थिति रहेको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा विना ठेकेदार कम्पनिले कमसल सामान जडान गर्दा ३ महिना नपुग्दैं ६ वटा भेन्टिलेटर विग्रेका छन् । भेन्टिलेटर अभावमा धरानमा मात्र १५ जना होम आइसोलेसनमा बसेका विमारीको ज्यान गएको छ ।

नर्सको आवश्यकता पुरानो रद्ध गरि फेरी नयाँ निकालियो

दुई महिना अघि ५० जना नर्सकोआवश्यता सार्वजनिक गरेर अन्तर्वार्तासमेत लिइएको थियो । तर कतिपयसँग पैसा लिएको र नजिता सार्वजनिक गर्न समस्या भएको बताइएको छ । उपकुलपतिकै सचिवालयको मिलेमतोमा केही उम्मेद्वारसँग २देखि ५ लाखसम्म पैसा लिएको आरोप लागेको थियो ।

१९ जना उम्मेद्वारसँग कुनै पैसाको डिल नभएको तर उनीहरुका कारण अन्यको नाम निकाल्न समस्या भए पछि नेकपा धरानको नाम जोडेर ती १९ जना उम्मेद्वारको नाम सार्वजनिक गरिएको श्रोतले बताएको छ ।

नेकपाले सिफारिस गरेको भनेर नामसहितको लिष्ट सार्वजनिक गरे पछि विवाद भएको थियो । पैसा लिएर नाम निकाल्न उपकुलपतिको सचिवालयले नै १९ जनाको नाम नेकपा धरानलाई जोडेर बाहिर ल्याएको नेकपा धरानका अध्यक्ष नारायण सुवेदीको आरोप छ । उम्म्द्वारहरुसँग लिखित परीक्षा नलिएको विषयमा अख्तियारमा पनि उजुरी परे पछि रद्ध गरि ७५ जनाको आवश्यकता पुन सूचना निकालिएको रजिष्टार प्राडा माेहनचन्द्र रेग्मीले बताए ।