सिरहा । हालै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका लीलानाथ श्रेष्ठलाई सिरहाको नरहा गाउँपालिकामा स्वागत सम्मान गरिएको छ ।

शुक्रबार नरहा गाउँपालिकाले मन्त्रालयको जिम्मेवार पाएका श्रेष्ठलाई गृहनगरमा सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष रामसरण यादवले मन्त्री श्रेष्ठलाई स्वागत गरे । मन्त्री श्रेष्ठले आफू महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्राालयको जिम्मेवारी पाएकाले आपनै कार्यकालमा नै सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याइने बताए ।

उनले प्रदेश २ सबै सुविधा सम्पन्न भएको ठाउँमा शिक्षामा विकास नहुनुमा केबल सरकारमात्र दोषी नभएको प्रतिक्रिया दिए । कार्यक्रममा बिशिष्ठ अतिथि प्रदेशसभा सदस्य जगतारैन देवी साह, दीपेन्द्रकुमार यादवलगायतको उपस्थिति थियो ।