धरान । राष्ट्रिय जनमुक्ति पार्टी ताप्लेजुङ फुङलिङ नगर कार्य समितिको कात्तिक ३ गते सम्पन्न भेलाले काजी येङ्देनको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा रामबहादुर लिम्बू, सचिवमा लित येङ्देन, सहसचिवमा मोहन येङ्देन, र कोषाध्यक्षमा मनकुमारी लिम्बू चयन भएका छन् । यसैगरी सदस्यहरूमा नरकुमार येङ्देन, सिंहबहादुर तामाङ, रजुन येङ्देन, सुरेन्द्र लिम्बू, उमेश तामाङ, राधिका लिम्बू, पूर्णकुमार येङ्देन, शेरबहादुर लिम्बू, पूर्णबहादुर मादेन र निरोज खड्का रहेका छन् । पार्टीका संघीय परिषद् उपाध्यक्ष प्रकाश येङ्देनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।