विराटनगर । नेपाल भारतको सीमा नाका दशगजादेखि दक्षिणमा एक जना नेपाली युवाको मृत्यु भएको अवस्थामा शव भेटिएको छ ।

विराटनगर १६ को दक्षिण गेटदेखि करिब १ सय मिटर दक्षिण भारतको जोगवनीको रेलवेय स्टेशन छेउमा २५ वर्षिय युवाको बिहीबार बिहान मृत अवस्थामा लाश भेटिएको हो ।

मृतकका युवाको पहिचान खुलिसकेको छैन । उनी लागूऔषध सेवनकर्ता रहेको खुलेको छ । मृतक युवा बुधबार जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुलेपनि इटहरी घर भएको यहाँका स्थानिय बताउँछन् ।

मृतकका युवाको शरिरमा चोटपटक पनि लागेको छ । शरीरको पछाडी ढाडमा चोट लागेको कारण रगत बगेको छ । कुटपिट गरि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तराइबासी देखिने मृतक युवाको उचाइ ५ फिट ४ इन्च रहेको छ । उनको दुवै हातमा ट्याटु खोपेका छन् भने दाइने कानमा टप लगाएका छन् ।

मृतकको सनाखत भइ नसकेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इनिस्पेक्टर दिपक थापाले जानकारी दिए । घटनास्थल भारतीय क्षेत्रमा पर्ने भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । मृतक लागुऔषधका दुव्र्यसनी रहेको स्थानीयलाई उधृत गर्दै प्रहरीले बताएको छ ।

‘मृतक युवक यसअघि सो क्षेत्रमा हिँडडुल गर्दा रहेछन,’ इन्सिपेक्टर थापाले भने, ‘लागूऔषध प्रयोगकर्ता रहेको जानकारी आएपनि परिचय खुलेको छैन ।’ मृतकको पहिचान गर्ने प्रयास भइरहेको थापाले बताए ।

अनुसन्धानमा भारतीय प्रहरीले देखाएन चासो

मृत्यु भएको अवस्थामा शव भेटिएको युवाको शरिर भरी चोटपट भएकोले हत्या भएको हुनसक्ने आशंका गरिएको छ । हत्या भएको आशंका गरिए पनि भारतीय प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छैन । नेपाली युवा भएकोले प्रहरीले शव बुझेर नेपाल तिर लैजान दबाव दिएको प्रहरी स्रोतले बतायो । ‘नेपाली युवाको मृत्यु शंकास्पद देखिन्छ ।

घटना मुचुल्का उटाएर अनुसन्धा सुरू गर्नुपर्ने हो । भारतीय प्रहरीले शव बुझन दबाव दिने गरेका छन्,’ सुरक्षा स्रोतले भन्यो । बिहीबार विहान मृतक अवस्थामा नेपाली युवाको शव भेटिएपनि भारतीय प्रहरीले घटना मुल्चा उठाएर शवलाई पोस्माटन गर्न अहिलेसम्म पठाएको छैन । शव वेवारिसे अवस्थामा नेपाल भारतको
सिमा स्तम्ब १८० नम्बरको जंग्गे पिलरदेखि दक्षिणमै रहेको छ ।