विराटनगर । यहाँबाट १० किलोमिटर दक्षिण भारतको अररिया जिल्लास्थित जोगबनी क्षेत्रमा नेपाली युवाको शव फेला परेको छ ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने प्रारम्भिक अनुमान भारतीय प्रहरीले गरेको छ ।

पहिचान नखुलेको करिब २५–२६ वर्षीय झैं देखिने ती युवाको भारतीय प्रहरीले मुचुल्का उठाएर अहिले पोष्टमार्टमको लागि लाने तयारी भइरहेको भारतीय प्रहरीले जनाएको छ । युवाको अनुहार लगायतमा चोट लागेको छ । नेपाल र भारतको दशगजा क्षेत्रमा अन्तर्गत भारततिर शव फेला परेको हो ।