धरान । धरान–३ पुरानो बजार सडक खण्डमा टेम्पो अनियन्त्रित भई साेमबार दुर्घटना हुँदा चार जना घाइते बनेका छन् ।

को २ ह ६४३६ नम्बरको टेम्पो दुर्घटना हुँदा इटहरी–३ का टेम्पो चालक दाछिरिङ शेर्पा, ३९ वर्षीय उर्मिला खड्का, उनको ८ वर्षीया छोरी समीषा खड्का, ६ वर्षीया छोरा ओस्कार खड्का र इटहरी–२ की ४० वर्षीया देवीमाया सार्की घाइते बनेका हुन् । उनीहरूलाई तल्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक क्षमा लगिएको थियो ।

टेम्पो र चालकलाई वडा प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइउको छ । उनीहरूको विभिन्न भागमा चोट लागेका छ । ओस्कारको भने दाहिने कञ्चटमा चोट लागेकाले बोल्न नसक्ने अवस्थामा रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।