दमक/सरकारको नयाँ आयोजना शिलान्यास र निर्माण भइरहेको देखेर विरोधीहरू आत्तिएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।
आइतबार झापाको दमकस्थित नवनिर्मित दमक अस्पतालको शिलान्यास गर्ने क्रममा प्रम ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भर्चुअलमाध्यमबाट शिलान्यास गरे । सो क्रममा उनले विकासलाई कोरोना महामारीले रोक्न नसक्ने दाबी गरे ।
तर, अहिले कोरोनाको स्वाब संकलनबापत लाग्ने खर्च तथा अन्य उपचार खर्च पनि आफै जुटाउनु भन्दै स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई सूचित गरेसँगै प्रम ओलीको ‘नागरिकप्रतिको दायित्व’ बारे प्रष्ट हुन्छ । उनले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन विस्थापन भएको लगायतका दाबी गरेका छन् । सोही विकासलाई देखेर विपक्षी तथा प्रतिपक्षी दलहरू आत्तिएको बताए ।
केही समयअघि मात्रै पूर्वपश्चिम रेलमार्गको ठेक्का रद्द गरिएको थियो । तर, ओलीले भने शिलान्यसको क्रममा सोही कुरालाई पुनः अडान राखेका छन् । उनले कोरोना रोक्नका लागि सरकारले मात्रै गर्न नसक्ने भन्दै नागरिक स्तरबाट साथ र सहयोगको आवश्यकता रहेको बताए । उनले सरकारले पालना गरेको मापदण्डलाई पालना गरेमा कोरोनाबाट बच्न सकिने बताए ।