धरान । उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डमा ब्रेक फेल भएर स्कारपियो जिप खस्दा ५ जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते बनेका छन् । सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

कटारी नगरपालिका–१४ भदौरेको भिरबाट शनिबार राति बा २० प ७१७१ नम्बरको जिप खस्दा ५ जनाको घटनास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की, २६ वर्षीय कर्मी सार्की रहेका छन् । अन्यको पहिचान खुल्न नसकेको जिल्लाका एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

मृत्यु हुनेमा ३० देखि ३५ वर्ष उमेर समूहका दुई पुरुष र एक महिला छन् । गम्भीर घाइते बनेकाहरूलाई अस्पताल लगिएको छ । घाइते मानेभन्ज्याङ–९ का २८ वर्षीय कुमारी सार्की, २२ वर्षीय कल्पना सार्की र चालक रूपन्देही त्रिगम्बा नगरपालिका–४ का २८ वर्षीय पवन खड्कालाई थप उपचारको लागि विराटनगर पठाइएको छ । उनीहरू भारतको लद्दाकबाट दशैं मनाउनका लागि भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिजर्भ गरेर ओखलढुङ्गातर्फ जाँदै गरेका थिए ।