धरान । पाँचथर फाल्गुनन्द गाउँपालिकाका नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्देम्बेको निधन भएको छ ।

उनको शुक्रबार आफ्नै निवास पाँचथरमा निधन भएको पार्टीले जनाएको छ । ८३ वर्षीय उनी प्रजातन्त्र सेनानी तथा ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आङ्देम्बेको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनको पाँच छोरा र एक छोरीसहित श्रीमती रहेको छ । उनको लिम्बू संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।