विराटनगर/प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय प्रणालीको अभ्यास भइरहेको बेला यसको भावनालाई आत्मसाथ गरेर प्रहरी संगठन पनि संघीयताको मर्मअनुसार शान्तिसुरक्षा कायम गरी जनताको विश्वास जित्नुपर्ने बताएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आगमी दिनमा संघियताको भावन र मर्म अनुसार प्रहरीले आफ्नो भूमिका देखाउँदै शान्ति सुरक्षा कायम गर्दै अगाडी बढनुपर्ने बताएका हुन् ।
उनले शान्ति सुरक्षा, सुशासन र अमनचयन कायम गर्दै प्रहरी संगठनलाई साधन स्रोतले युक्त बनाइ प्रविधिको प्रयोग गरि सुरक्षा प्रणालीमा अगाडी बढनुपर्नेमा जोड दिए । प्रहरी कर्मचारीहरू कर्तब्य निष्ट भएर काम गरिनुपर्ने मुख्यमन्त्री राईले बताए । प्रहरी फोर्सलाई सक्षम, दक्ष र साधन स्रोत सम्पन्न बनाउन तीन तहको सरकार लाग्नुपर्ने उनले बताए ।
‘प्रहरी संगठन मानव अधिकारी, अपराधिक अनुसन्धानको खातिर आफुलाई अब्बल सावित गर्दै आएको छ,’ मुख्यमन्त्री राईे भने, ‘आगमी दिनहरुमा पनि आफ्नो पहिचान र छविलाई कायम गर्दै अगाडी बढनु पर्दछ ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश समायोजनको अन्तिम परखाइमा रहेको जानकारी दिए । अबको केही दिनभित्रमा प्रहरी समायोजनको बाटो टुंगो लाग्ने उनको भनाई छ ।
प्रदेश प्रहरी समायोजन भएपछि प्रहरी संगठन गठन गर्ने अधिकारी प्रदेश सरकारले प्राप्त गर्ने उनले बताए । केही दिन भित्रमा गृह मन्त्रीले प्रहरी सामायोजन पनि टुंगो लाग्ने जानकारी आएको उनले बताए । प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार लागि परेको मन्त्री कार्कीले बताए । ‘प्रदेश भित्र ५५ भवन प्रहरीको भवन निर्माण बन्दैछ,’ उनले भने, ‘सिमा क्षेत्रलाई सुरक्षीत बनाउन १४ वटा बोड आउट पोस्ट निर्माण भएको छ ।
आगमी वर्षहरुमा आवश्यक प्रहरी भवन निर्माण गरि स्रोत साधान सम्पन्न बनाउन प्रदेश सरकार लाग्नेछ ।’ उनले धरानमा रहेको फरेन्सिक ल्याबलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन प्रदेश सरकारले लाग्ने पनि मन्त्री कार्कीले जानकारी दिए ।
कार्यक्रममा प्रदेश नं. १ का डिआइजी इश्वरबाबु कार्कीले नेपाल प्रहरी कटिबद्ध भएर शान्ति सुरक्षा कायम गराउन लागि परेको बताए । उनले शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण गरि समाजलाई चेतनशिल बनाउन सबै लाग्नुपर्ने डिआइजी कार्कीले बताए ।
उत्कृष्ट प्रहरी सम्मानित
६५ औं प्रहरी दिवसको अवसमार उत्कृष्ट कार्यसम्पदान गर्ने प्रहरीहरू सम्मानित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका सुनसरी प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल पुरस्कृत भएका छन् ।
उनलाई उत्कृष्ट प्रहरी अनुसन्धानकता पुरस्कार प्राप्त गरेका हुन् । यस्तै उत्कृष्ट कार्यसम्पदान गर्ने इप्रका पथरी डिएसपी दिलिप गिरी, उत्कृष्ट टाफिक प्रहरी व्यवस्थापन गर्दै आएका मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोदार, जोखिम पूर्ण कार्य सम्पादन गरेको भन्दै प्रहरी चौकी रानी भनज्याङ्गका प्रहरी सुवास चौधरीलाई सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट कार्यसम्पदानमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी निरीक्षक हेमकुमार बस्नेत, अभिलेख व्यवस्थापनमा उत्कृष्ट काम गर्ने भुवन श्रेष्ठ, व्यवस्थापनमा उत्कृकष्ट कार्यसम्पन्दा गर्ने राजकुमार कार्की, महिलातर्फ दंगा नियन्त्रण कार्यालय दुहबीका प्रहरी रक्षा राई सम्मानित भएकी छिन् ।