ब्लाष्टखबर । भाेलि (शनिबार) धरान र बराहक्षेत्रकाे विद्युत लाईनमा अवरूद्ध हुने भएकाे छ । धरान स्थित नेपाल विद्युत प्राधिकरणकाे वितरण शाखाका अनुसार दुहवी–धरान ३३ के. भि. प्रशारण लाईनकाे मर्मत संभार तथा लाईकाे छेउछाउमा रहेका रूखका हागा काट्ने भएकाेले भाेल बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म बिद्युत लाईन अवरूद्ध हुने भएकाे हाे ।
प्रधिकरणकाे नियमित तालिका अनुसार वर्षमा २ पटक धरान– ईटहरी जङ्गल क्षेत्रमा रहेकाे ३३ के. भि. प्रशारण लाईनका आसपासमा रहेका रूख विरूवाका हाँगाविगा पन्छाउने भएकाले साेहि अनुरूप कार्य हुने भएकाेले धरान विरण केन्द्र अन्तरगतका सेवा क्षेत्र धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा विद्युत प्रशारण अवरूद्ध हुने केन्द्रका प्रमुख प्रताप बरालले बताएका छन् ।
उनले भने 'सडक विभागले सडक चाैडा पार्ने याेजना अनुसार बाटामा पर्ने रूखहरू हटाउन हामीलाई विद्धुत काट्न अनुराध गरी रहनु भएकाे थियाे । बाेली नै वहाँहरूलाई आफ्नाे काम गर्न भनेका छाैं । ५ बजे सम्म भनेका छाै । जति चाडाे काम सकियाे त्यती नै चाडाे लाईन आउछ ।'