विजयपुर । धरान १६ साँगुरी मार्गकी ३८ वर्षीया सुकमाया तामाङ बिहिबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
उनको पोष्टमार्टम गरेर व्यवस्थापनका लागि आफन्तलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । बस्नेतले मृत्यु प्रकृति हेर्दा झुण्डिएर अात्महत्या गरेजस्तो देखिएको वताएका छन् । तर, पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ ।
बस्नेतकाअनुसार मृतक महिला लामो समयदेखि डिप्रेसनको औषधी प्रयोग गरिरहेकी छिन् । उनी बेलाबेला काम्ने गरेकोले देवी उत्रिने भनि गए राती धामी राखेकाे डिएसपी बस्नेतले जानकारी दिएका छन । उनले बिहानको समयमा आत्महत्या गरेको बताएका छन् । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् ।