धरान । उदयपुरको कटारी नगरपालिका–८ दमार भीरमा ना ५ ख ९४२४ नम्बरको कन्टेनर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत दमार भीरबाट करिब ९ सय मिटर तल खस्दा कन्टेनरमा सवार ४० वर्षीय मिनबहादुर मगर र स्थान नखुलेको राजेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको छ । कन्टेनर ओखलढुंगाबाट आउँदै गरेको अवस्थामा अनियन्त्रित भएर सडकबाट तल खसेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । हाल मृतकको सनाखत हुन नसकेकाले शव कटारी अस्पतालमा राखिएको छ ।