विजयपुर । धरान उपमहानरपालिमा कोरोना सङ्क्रमण बढेपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् ।
उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि भोलि २२ गतेदेखि २८ गतेसम्म बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताएका छन ।
आज बसेको सर्वपक्षिय सर्वदलिय बैठकले तत्काल लकडाउन नगर्ने निर्णय भएको पनि मप्रमुख राइले जानकारी दिए । बजारमा स्वास्थ्य मापदण्ड कडाइ गर्ने र लकडाउन नगर्ने सहमती भएको हो ।
चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै लकडाउन नगर्ने निर्णय गरिएको नेकपा अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । सर्वपक्षिय बैठकले पसलहरुमा मास्क अनिवार्य, सवारीसाधनमा मास्क र सेनिटाइजर अनिवार्य गरिने निर्णय गरेको बताए । साथै चालक तथा सहचालकलाई मास्क अनिवार्य र यात्रुहरुलाइृ पनि मास्क अनिवार्य गर्न भनिएको छ । त्यसका लागि बजार अनुगमन प्रभावकारी गर्नुपर्ने सहमती भएको छ ।