धनकुटा । धनकुटा नगरपालिका–१० वस्ने ५७ वर्षीया एकल महिला पुर्णमाया मगरले आफुलाई स्थानिय एक युवाले बिना कारण कुटपिट गरेको बताएकी छन् ।

धनकुटा ९ मुलाबारी घर भएका स्थानिय २८ वर्षिय सन्तोष तामाङले आफुलाई कुटपिट गरेको उनले बताएकी छन् । ति महिलाले तामाङ आफु नभएको बेला आएर आफ्नो घर भित्र प्रवेश गरेर आफु सुत्ने कोठामा सुत्ने गरेको र ‘यहाँ किन आएको तिम्रो घर जाउँ’ भन्दा उल्टै निउँ खोजेर आफुलाई जथाभावी कुटेको बताईन ।

तामाङले ‘तिम्रो घरमा आउँदा गाउँभरीको मान्छेलाई सुनाउँदै हिड्ने’ भन्दै आफुलाई मरणासन्न हुनेगरी कुटपिट गरेको पिडित महिलाले वताईन । कुटपिटबाट घाईते भएकी महिला सात वर्षिय नातीसंग एक्लै वस्दै आएकी थिईन । घट्ना असोज १३ गते भएको हो । असोज १२ गते साँझ पनि ति युवा पिडित महिलाको घरमा आएको र राती ९ वजे छरछिमेकीको सहयोगमा हारगुहार गरेर घरबाट खेदाएको छिमेकीले बताएका छन् ।

एकल महिला माथि कुटपिट भएको थाहा पाएपछि प्रहरीलाई खवर गरेर आवश्यक कार्वाही अघि वढाइएको धनकुटा १० का वडा सदस्य चन्द्र वहादुर मगरले वताए । पिडित महिलाको दुवै आँखा, अनुहार र छातिमा घाउँ लागेको वडा सदस्य मगरले वताए ।
उनले जिल्ला अस्पताल धनकुटामा घाउजाँच गरी केस फारम भरेको बताए । उता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुर्व कुमार श्रेष्ठले एकल महिलालाई कुटपिट गर्ने युवालाई अभद्र व्यवहारमा मुद्धा दर्ता गरिएको वताए । पिडित महिलाले जाहेरी दिएपछि घट्नाको विषयमा तामाङलाई नियन्त्रणमा लिएर आवश्याक अनुसन्धान भैरहेको प्रवक्ता श्रेष्ठले वताए ।