उर्लाबारी । उर्लाबारी–३ को मंगलबारेमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान अन्र्तगतको बहुप्राविधीक शिक्षालय दमक –४ ताराबारीमा कार्यरत मुक्तीनाथ दाहाल सोमबार शिक्षालयको कक्षा कोठामै मृत अवश्थामा फेला परेका छन् ।
शिक्षालयको लेखा तथा प्रशासन शाखाको प्रमुख पदमा कार्यरत दाहाल सँधै झै सोमबार पनि बिहान देखि नै काममा आएका थिए । १० बजे पछि सोही शिक्षालयमा कार्यरत श्रीमती शान्ता अधिकारी दाहाल र नातेदार मात्रीका लामिछानेले मोटरसाईकल मात्र देखेर खोजी गर्दा उनको शव कक्षा कोठाको सिलीङमा झुण्डीएको अवस्थामा भेटिएको उक्त शिक्षालय स्रोतले जनाएको छ ।
उनले आत्महत्या गरेको अनुमान गरिएको छ । तर उनको मृत्यु बारे हालसम्म कुनै कारण नखुलेको र अनुसंन्धान हुने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक दाहाल प्रतिष्ठान स्थापना भएदेखि नै २०५२ सालबाट कार्यरत थिए । उर्लाबारीको डिबी मार्गका स्थायी बासीन्दा दाहालका श्रीमती शान्ता र दुई छोरा छन ।