नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कमिटी द्वारा वडामा रहेका बुद्ध माध्यमिक विद्यालय, दुर्गा आधारभूत विद्यालय र मिलन आधारभूत विद्यालयलाई कोरोना भाइरसबाट साबधानी अपनाउन थर्मलगन, माक्स तथा स्यानिटाइजर लगाएतको सामाग्री वितरण गरेको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा ८ नम्बर वडा कमिटिकाे तर्फबाट वडा भित्र रहेका विद्यालयहरुलाई स्तरोन्नति गर्नका लागि नेकपा पार्टीले पहल गरिरहेको बताउदै, कमिटिका अध्यक्ष नवीन जङ्ग कार्कीले बुद्ध माध्यमिक विद्यालयलाई पाँच करोडको भवन निर्माण गर्न बजेट परिसकेको बताएका थिए । उनले दुर्गा आधारभूत विद्यालयको भवन निर्माण गर्न प्रदेश सरकारसंग कुरा भएको र आगामी बर्षको कार्यक्रममा समेटिने जानकारी पनि गराएका थिए । 

त्यस्तै, कार्कीले मिलन आधारभुत विद्यालयको भवन निर्माण गर्न जग्गा अभाव भएकोमा जग्गा ब्यबस्थापनमा पनि पार्टीले सहयोग गर्ने बताएका छन्, उनले अन्य कुनै सामाग्री अभाब भएमा पार्टीलाई विद्यालयले माग गरेमा पार्टीको तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता पनि जायर गरेका छन् ।

मिलन आधारभूत विद्यालयमा आयोजना गरिएको कार्यक्रममा पहिलो संविधानसभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य लालबहादुर सुस्लिङ, नगर सदस्यहरु: नारायण पाण्डे, प्रकाश कार्की, बाबुराम चौधरी, बुद्ध मा.बि. का प्रधानाध्यापक बोधराज सिग्देल, दुर्गा आ.बि. का प्रधानाध्यापक अर्जुनकुमार तामाङ, मिलन आ.बि. का प्रधानाध्यापक ढलबहादुर मगर, शिक्षक भरत खड्का लगाएतको उपस्थिति रहेको थियो ।