ब्लाष्टखबर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । दुई अध्यक्ष विच बालुवाटार भेटवार्ता भएको प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफलका लागी भएकाे बताइएकाे छ ।  बिहीबार र शुक्रबार पनि दुई अध्यक्ष विच भएकाे छलफल भएको थियो । मन्त्रिपरिषद पुनर्गठनको चर्चा भइरहदाँ र छलफलकाे विषय नखुल्दाँ मन्त्रिपरिषद पुनर्गठनकैलागी छलफल भएकाे हुन सक्ने आशंका गरिएकाे छ । 

आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। नियमित बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्रीले एक दिनअघि नै बैठक आह्वान गरेकाे बताउँदै आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक किन बोलाइयो भन्नेबारे भने आफूलाई जानकारी नभएकाे एक मन्त्रीले बताएका छन् ।

बैठक मध्याह्न १२ बजे बालुवाटारमा बस्दै छ ।