ब्लाष्टखबर । पाल्पाकाे रम्भा गाउँपालिकामा बिहिबार गएकाे पहिराेमा पुरिएका ५ जनाकाे शव फेला परेकाे छ । शुक्रबास दिउसाे सम्ममा ३ जनाकाे शव फेला परेकाेमा गयराती थप २ जनाकाे शव फेला परेकाे हाे ।
कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आले शुक्रबार दिउसाे शव फेला परेकामा थियाे भने राती घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिएका छन्।