ब्लाष्टखबर । माइक्राे ठक्करबाट झापाकाे विर्तामाेडमा एक जनाकाे मृत्यु भएकाे छ । बिर्तामोड नगरपालिका ५ मनमोहन अस्पताल नजिकै माइक्रोले ठक्कर दिदा पैदल यात्रुकाे मृत्यु भएको हाे ।

पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले पाँचथर याङ्बरक-३ का ५० वर्षीय विर्खध्वज लिम्बु ठक्कर दिदा घाइते भएका उनकाे उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि चालक झापाको भद्रपुर १ का ३८ वर्षीय बाबुराम कट्टेललाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।