ब्लाष्टखबर । मकवानपुरमा पानी तान्ने मटर मर्मतका लागि इनार भित्र पसेका २ जनाकाे मृत्यु भएकाे छ भने एक जनाकाे बेहाेस अवस्थामा उद्दार गरिएकाे छ ।

मनहरा गाउँपालिका ७ मा रहकाे शाहि पार्टि प्यालेसमा इनार भित्र रहकाे पानि तान्ने पम्प बिग्रिएपछि मर्मत गर्न भनि पसेका दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

शुक्रबार बिहान मटरपम्प बिग्रए पछि प्यालेस सञ्चालकका छोरा ३० वर्षीय सुरज साह  मर्मत गर्न भन्दै इनारमा पसेका थिए । उनिलामाे समयसम्म बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए ।

दुवै जना बाहिर नआएपछि डाेरीकाे साहरामा इनार पसेका एक युवा इनारको बीच भागमा पुगेपछि बेहोस भएपछि सञ्चालकले प्रहरीलाई खबर गरेकाे थिए । घटनाकाे खबर पाए लगात्तै नेपाली सेनाको टोली घटनास्थल पुगि इनारबाट दुइ जनाको शव निकालेको रानाले बताएका छन् । उनका अनुसार बेहाेस भएका युवालाई भने उद्धार गरी भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारका लागि पठाइएको  छ ।