विजयपुर । कोरोना भाइरसबाट बच्न सरकारले लगाएको लकडाउनबाट समस्यामा परेकी धरान–५ तल्लो देउरालीकी आशा राईलाई थप सहयोग प्राप्त भएको छ । उनलाई धरान–७ बस्ने समाजसेवी रिता राईको पहलमा ७ हजार ४ सय ९० रुपैया सहयोग प्राप्त भएको छ ।

उनले आफ्नो छरछिमेकीसँगको सहकार्यमा सहयोग गरेको वताएकी छन । राईको पहलमा वडा नं. ७ का ब्युटिपार्लर सञ्चालक अंकित र विना कर्मचार्यले ३५ सय सहयोग गरेका छन ।

त्यस्तै वडा नं. ७ कै समाजसेवी सुवर्ण श्रेष्ठले १५ सय रुपैया सहयोग गरेका छन् । रिताले शुक्रबार सहयोग हस्तान्तरण गरेकी हुन । उनले हस्तान्तरण गर्दै भनिन् ‘अहिले विभिन्न विकृति भएकोले प्रमाणका लागी मिडियालाई भन्नु परेको हो।’ उनले थपिन कतिपयले यस्तो सहयोग भन्दै आफै प्रयोग गर्ने धेरै छन ।

रिता राईकैे सहयोगमा आशाको ब्लाष्ट टाईम्सले समाचार प्रकाशित गरेपछि मिलन शंकरले ६ हजार नगद सहयोग गरेका थिए। उनलाई मिलनले पुनः केहि दिन अगाडी १४ हजार बराबरको ४ वटा बाख्रा दिएका थिए । त्यस्तै धरान ७ का स्थानीयवासीले पनि २७ सय नगद सहित खाद्यान्न सहयोग गरेका थिए ।

आशालाई अहिलेसम्म खाद्यान्न र नगद गरेर ३५ हजार बराबर सहयोग भएको छ । आशा राईले अव गरिखान सक्छु भनेर आँट आएको वताएकी छन । उनले भनिन् मिलनले बाख्रा दिएको छ । यसले खोर बनाउछु ।