धरान/नेपाली काङ्ग्रेसले यसपटक क्रियाशील सदस्यताका लागि साङ्गठानिक रूपमा नै केन्द्रीय समितिलाई पठाउने भएको छ ।

यसअघि क्रियाशील सदस्य व्यक्तिगत रूपमा बनाउने प्रचलन पार्टीमा रहेको थियो । अब भने क्रियाशील सदस्यताका लागि सङ्गठनबाटै निर्णय गरेर पठाउने तयारी भएको जिल्ला सदस्य किशोर राईले जानकारी दिए । ‘व्यक्तिव्यक्तिले बनाउँदा को क्रियाशील सदस्य हो–होइन भन्ने चिन्न गाह्रो थियो, अब सङ्गठनले बनाएको ढाँचामा क्रियाशील सदस्य बन्दा त्यो समस्या हट्ने भो’ उनले फोनसक्पर्कमा भने ।

यसैबीच नेपाली काङ्ग्रेस प्रदेश क्षेत्र नम्बर १ क को बिहीबार सम्पन्न बैठकले ६ जनालाई सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमा झुमा राई, कोपिला भट्टराई, बलराम थापा, राजु साह, सुदीप उप्रेती, रतन बस्नेतलाई सदस्यमा मनोनित गरिएको हो । त्यस्तै कार्यालय सचिवमा गणेश परियारलाई मनोनित गरिएको छ ।

क्षेत्र नम्बर १ (क) को सभापति धनबहादुर कट्वाल, सचिव महेन्द्र प्रधान, कोषाध्यक्ष सागर प्रसाईं, महासमिति सदस्य उमेश थापा, जिल्ला सदस्य किशोर राई, गोविन्द दर्नाल, क्षेत्रीय सदस्य ललिता अधिकारी र युनेस राना मगरको उपस्थितिमा सदस्य मनोनित गरिएको हो ।