ब्लाष्टखबर । विराट जुटमिलकाे वाल भत्किएर किच्दा एक जनाकाे मृत्यु भएकाे छ । विराटनगर उपमहानगरपालिका १५ रानीका ५५ वर्षीय समिरु नेसाकाे बिराट जुटमिलको वाल भत्कीएर किच्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहान पानि लिन उक्त स्थानमा जादा एक्कासी वाल भत्कीएर किच्दा गम्भिर घाईते भएकी थिईन । घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु कार्यालयले जनाएकाे छ ।