ब्लाष्टखबर । बिर्तामोडमा हिजाे रातीबाट बेपत्ता भएका नाबालक मृत फेला परेका छन् । हिजो राती ९ बजे घरबाट हराएका विर्तामाेड नगरपालिका ७ का राजु मर्डीका २ वर्षीय छाेरा जिवन मर्डी मृत अवस्थामा फेला परेका परेका हुन् ।
खोलाले बगाएको अवस्थामा मृत फेला परेको अस्थाई प्रहरी चौकी गरामनीले जनाएकाे छ । चाैकीका अनुसार राती देखी नै आफन्तले खोजी गर्ने क्रममा आज बिहान ०६ बजे सोही स्थितमा रहेको रेखा बगाएकाे अवस्थामा ३ सय मिटर दुरीमा उनि मृत अवस्थामा फेला परेको हाे ।
घटनाकाे सुचना पएसंगै प्रहरी टोली घटना स्थलमा पुगी कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।