ब्लाष्टखबर । धनकुटामा घरले पुरिदा  ७ महिनाकी नाबालिकाकाे मृत्यु भएकाे छ । 
जिल्लाकाे महालक्षमी  नगरपालिका ९ का धनबहादुर लिम्बुकाे ७ महिनाकी छाेरीकाे आफ्नै घरले पुरीएर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 
 
कार्यलयका अनुसार लगतारकाे वर्षाका कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा नाबालिकाको मृत्यु भएको हाे । घर भत्किदा  घर धनि धनबहादुर सामान्य घाईते भएका छन ।
 
साथै सोही घरको मुनी रहेका एउटा भैँसी र एउटा गाई समेतको पुरीएरै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।