समाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई संझना गरौं, याद आयो नि ? यीनै सांकेतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु समावेशी हुन्छन् र हामी लगायत सुस्तश्रवणहरुले पनि यी कुराहरु सहजै बुझ्न सक्नुहुन्छ ।

हरेक औपचारीक र अनौपचारीक भिडियो सामाग्रीहरु अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरुलाई यसरी सांकेतिक भाषाका दोभाषेहरुको प्रयोगले र विज्ञताले सबैका लागि सहज र समावेशी बनाँउदछ ।

विश्वभरि ७२ मिलियन अर्थात ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन् र यिनीहरु मध्य ८० पतिशत भन्दा बढि मानिसहरु विकासोन्मुख देशहरुमा बस्दछन् । समग्रमा भन्दा यि मानिसहरुले ३०० भन्दा बढि प्रकारका सांकेतिक भाषाहरु प्रयोग गर्दछन ।

तिनै दोभाषेहरुको संकेतले समाचार बुझ्नलाई धेरैलाई सहयोग गर्दछ, आवाज नसुन्नेहरुका लागि आवाजको काम गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिखकका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ, यस वर्षको सांकेतिक भाषा दिवसको परिवेश अलिक फरक छ ।

कोरोना र संक्रमण जोखिममा सारा विश्व आफूले पाउने जानकारीमा निर्भर छ अनि जानकारीका श्रोतहरु सबैका लागि मैत्रीपूर्ण नहुन सक्दछन्, यस वर्ष सांकेतिक भाषा दिवसको महत्व अनि परिवेश फरक छ । कोरोनापछिको विश्वमा यस दिवसले साकंतिक मात्र नभई अन्य शारीरीक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधी अनि माध्यमहरु मार्फतको सेवा, सुविधा र समाचारहरुको पैरवी गर्दछ ।

संयूक्त राष्ट्र संघको दिर्घकालिन लक्ष्यको सूचीमा सांकेतिक भाषाको प्रवर्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ, सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो । कसैलाई पनि पछाडि नछाड्ने उदेश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यस दिनको निकै ठूलो पैरवी हुने गर्दछ । विश्वका हरेक कुनाकन्दराका नेतृत्वले स्थानीय, राष्टय अनि क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकुन भन्ने संकल्पका साथ सन् २०२० को अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको परिकल्पना गरिएको हो ।

साभारः हाम्रो पात्रो