धरान । धरान–१५ मा पूर्ण अपाङ्गमैत्री आधारभूत स्वास्थ्य भवन निर्माण सुरु गरिएको छ ।

संघीय सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको क्रमागत बजेटमा स्वास्थ्य भवन बनिरहेको हो । मङ्गलबारबाट औपचारिक रूपमा काम थालिएको छ । ५ कोठे स्वास्थ्य भवन बन्न लागेको छ । भवन पूर्ण अपाङ्गमैत्री बन्ने वडाध्यक्ष नरेश इङ्वारमले जानकारी दिए ।

आगामी पुस १० गतेभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको छ । इष्ट नेपाल कन्ट्रक्सनले निर्माणको ठेक्का प्राप्त गरेको छ । वडा तथा गैरवडाबासीले पनि स्वास्थ्य सेवा पाउने छन् । स्वास्थ्य भवनको लागि आर्थिक वर्ष २०७५/०७६ मै बजेट विनियोजन भएको थियो । इष्टले ४३ लाख रूपैयाँमा ठेक्का प्राप्त गरेकाे हाे । 

–ज्ञानेन्द्र बस्नेत (प्रशिक्षार्थी पत्रकार)