ब्लाष्टखबर । माेटरसाइकल दुर्घटना हुँदा इनरुवामा एक जनाकाे मृत्यु भएकाे छ । आज दिउसो इनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकलअनियन्त्रित भई दुर्घटना हुँदा चालक ईनरुवा-८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालका अनुसार दुर्घटनामा घाइते बनेका उरावकाे उपचाका लागी लैजाने क्रममा बाटाेमा मृत्यु भएकाे हाे ।