भोजपुर/ जिल्लाको रामप्रसादराइ गाउपालिका ४ दलगाउमा भुमेथान लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।

खानेपानी आयोजना एक करोड ९० हजार लागतमा सम्पन्न भएको हो । आयोजनाका लागि भुमी व्यावस्था तथा गरिबी निवारण मन्त्रालयबाट ७१ लाख , वडा कार्यालयबाट २९ लाख र प्रदेश १ सरकारबाट ९० हजार प्राप्त भएको गाउपालिकाकी उप प्रमुख सम्झना राई सन्ध्याले बताईन् । आयोजनाको संघिय सांसद सुदन किरातीले उद्घाटन समेत गरेको उप प्रमुख राईले जानकारी दिईन् ।

खानेपानी साबुवा खोलाबाट लिफ्टिङ गरि दलगाउका स्थानियलाई बितरण गरिएको वडाध्यक्ष फौद सिंह कार्कीले बताए । वडाध्यक्ष कार्कीका अनुसार खोलाबाट ५ सय ५० मिटर उचाईमा रिजर्भ ट्याङकी निर्माण गरि घर घरमा पानी वितरण गरिएको हो । आयोजना सम्पन्न भए पछि खानेपानीको समस्या भोग्दै आएका दलगाउका एक सय २० घर परिवार प्रत्यक्ष लाभाम्वित भएका छन् ।