विजयपुर । सरकारले गरेको लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या भएर सहयोगको अपिल गरेकी धरान–५ तल्लो देउरालीकी आशा राईलाई थप सहयोग जुटेको छ ।

नेपाली कांग्रेस सम्वद्ध नेपाल तरुण दलका क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति तथा विश्वकर्मा युवा समाज धरानका सल्लाहकार मिलन शंकरले १४ हजार बराबरको ४ वटा बाख्रा सहयोग गरेका छन् ।

मिलनले नेपाली कांग्रेस धरानका सचिव युवराज शङ्करको पहलमा सहयोग गरेका हुन् । मिलनले केही आफ्ना नजिकका साथी र आफ्नो व्यक्तिगत रूपमा सहयोग गरेको बताए । उनले यश अघि ब्लाष्ट टाइम्समा समाचार प्रकाशित भएपछि आफ्ना स्वर्गीय साथिको आमा दुखमा परेको देखी पहिले पनि रु ६ हजार रुपैयाँ सहयोग गरेका थिए ।

आशाको १४ वर्ष पहिले पति निधन भएको थियो भने भएका एक छोराको पनि २ वर्ष अगाडि मृत्यु भएको थियो । सरकारले लगाएको लकडाउनमा भएका बाख्रासमेत बेचेर उनले पेट पालेकी थिइन् ।

त्यसयता उनलाई समस्या परेपछि सहयोगको लागि अपिल गरेकी थिइन् । सोही अपिलपछि नै उनलाई सहयोग जुट्नेक्रम जारी छ ।