यासोक । बाक्लो बस्तीका बीचमा रङगिबिरङगी घरहरु देखिन्छन् । कतै हरियो, सेता र राता जस्तापाताले रङगिएका घरहरुको दृश्य निकै लोभलाग्दो छ । नयाँ बनिएका घरमा मानिसहरुको चहलपह बढेको छ ।

कोही सौचालय निर्माण गर्दै छन त कोही कोठा सरसफाइ गर्दै नयाँ घरमा रमाउँदै आएका थिए । पाँचथरको कुम्मायक गाउँपालिका ५ को माझी बस्तीमा सोमबार देखिएको दृश्य हो यो । एक नम्बर प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तरर्गत बिपन्न समुदायको घर बनाइदिएपछि बिपन्न समुदायका नागरिक अहिले दङ्ग छन ।

लामो समयदेखि गरिबिकै कारण फुसको चुहिने छानाको घरमा बस्दै आएका बिपन्न माझी र भुजेल समुदायका नागरिक पक्की घरमा बस्न पाएपछी हर्सित भएका छन । फुसको छानोमा सुत्न, बस्न समेत ढुक्कले नसकेका बेला सरकारले घर निर्माण गरिदिएर गरिबहरुलाई राहत पु¥याएको माझी समुदायले बताएको छ ।

३ लाख ३२ हजार ५ सय रुपैयँको लागतमा २ कोठे पक्की घर निर्माण गरिदिएपछि लक्ष्मी माझी दङ्ग छिन । गरिबिकै कारण आफूहरुको घर बनाउ“न नसकेको बेला सरकारले घर निर्माण गरिदिएर अत्यन्तै राम्रो काम गरेको माझीको भनाइ छ । उनि जस्तै अर्की बिमला माझी पनि खुसि छिन ।

वर्षौदेखि चुहिने छानोमा बस्दै आएको बिमलाको परिवार नयाँ घरमा बस्न पाएपछि हर्सित भएको छ । जिल्लाको कुम्मायक गाउपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले आर्थिक अवस्था कम्जोर भएको बिपन्न नागरिकलाई दुइ कोठे व्यवस्थित घर निर्माण गरिदिएको छ ।

शहरी बिकास तथा भवन निर्माण आयोजनाबाट गत आर्थिक बर्ष २०७५/०७६ को बजेटबाट गाउँपालिकाका १६ घरधुरीलाई ३ लाख ३२ हजारको दरले घर निर्माण भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । जनता आवास कार्यक्रमबाट तमोर नदिको आसपासमा बसोबास गर्ने अति बिपन्न लोपउन्मुख माझी समुदाय लाभान्वित भएको चेम्जोङको भनाइ छ ।

त्यस्तै जनता आवास कार्यक्रम अन्तरर्गत जिल्लाको फाल्गुनन्द गाउँपालिकाका ६ घरधुरीलाई घर निर्माण गरी जिम्मा दिएको छ । वडा नम्बर १ र २ का बिपन्न समुदायका दलित परिवारको घर निर्माण गरेको गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङले बताए ।

नवमीडाँडा र इम्बुङका ६ घरधुरीलाई प्रतिघरधुरी ३ लाख ३२ हजार ५ सय रुपैयाँको दरले घर निर्माण गरेसंगै बिपन्न दलित समुदायका नागरिक खुसि भएका छन ।