ब्लाष्टखबर । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईलाई धरानमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नम्बर मैदानमा भएकाे श्रद्धाञ्जली अर्पण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, नेकपा प्रदेश १ कमिटि अध्यक्ष देवराज घिमिरे लगायतले पार्टी तथा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

मृतक राईलाई श्रद्धाञ्जली व्यक्त गर्न सांसद उमिता वराइली, सावित्री श्रेष्ठ जोशी, नेकपा १ नम्बर प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेलगायत नेता, कार्यकर्ताहरु उपस्थित थिए । मृतक राईको पार्थिव शरीरलाई आजै हेलिकप्टरबाट हतुवागढी लगिएको छ । उनलाई गाउँमा नै सँस्कार अनुसार अन्त्येष्टी गरिने भएकाे छ ।

राइकाे हिजो बिहान ३ बजे उपचारकाक्रममा विराटनगर स्थित न्युराे अस्पतालमा निधन भएकाे थियाे । केहि दिन अघि देखी ज्वराे आएर घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना भएकी उनि केन्द्रबाट डिस्चार्ज भएसंगै अत्याधिक ज्वराे तथा एक्कासि पखाला लागेको र रक्तचाप समेत कमी आएपछि एम्बुलेन्सबाट वीपी प्रतिष्ठानमा भर्ना हुन आएकी थिइन् । वीपीमा उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे । 

नेकपा जिल्ला कमिटी सचिवालय समेत रहेकी उनी नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।