धरान । फिल्म अभिनेत्री तथा मोडल रेखा लिम्बु (फागो)को नाम जोडेर विदेशी अश्लील भिडियो सामाजिक सञ्जाल मार्फत फैलाउनेहरुले गल्ति स्विकार गर्दै माफी मागेपछि केही समयअघि देखिको विवाद मिलेको छ ।

केही महिनायता अभिनेत्री रेखाको भिडियो भन्दै फेसबुक म्यासेन्जर मार्फत इन्डोनेसियाली अश्लील भिडियो क्लिप्स धरान, इटहरी तथा विदेशका नेपाली माझ फैलिएको थियो । सो भिडियोबारे खोजी गर्दा सर्वप्रथम मेरिना तुम्सा लिम्बुले आफ्ना साथीहरुलाई म्यासेन्जर मार्फत पठाएको खुलेको थियो । उनले आफुलाई पनि अन्यत्रबाट उक्त भिडियो आएको बताएपनि स्रोत देखाउन नसकेपछि उनले गल्ति स्विकार गर्दै लिम्बु समुदायको परम्परागत न्याय प्रणालीका आधारमा बुधबार ‘तुम्याहाङ’हरु माझ माफी मागेकी हुन् । विभिन्न कार्यक्रम उद्घोषण गर्ने र सञ्चारकर्मी समेत रहेकी तुम्साले तुम्याहाङ माझ रेखासँग माफी मागेपछि त्यो भिडियो रेखाको नभएको र त्यसलाई नफैलाउन सबैलाई आग्रह गर्दै प्रेस विज्ञप्ती पनि जारी गरेकी छिन् ।

IMG-2364

लिम्बु न्याय प्रणाली अनुसार रक्सि राखेर रेखासँग माफी माग्दै मेरिना  

उनीसँगै भिडियो अन्यत्र फैलाउने हाङ्मा लिम्बुले पनि तुम्याहाङ माझ रेखासँग माफी मागेकी छिन् । उनीहरुले तुम्याहाङ प्रणाली अनुसार ढुङ्गा र दुवो छोएर कसम खाँदै २ बोतल रक्सि र ५ सय रुपैयाँ पैसा राखेर माफी मागेका थिए ।
मेरिनाबाट उक्त भिडियो पाएकी इटहरीकी कोपिला ठकुरीले २ महिनाअघि रेखालाई फोन गरेर भिडियोबारे सोधेकी थिईन् । त्यसपछि रेखा र चलचित्रकर्मीहरुले यसबारे खोजी गर्दा मेरिना, कोपिला र हाङ्माबाटै भिडियो फैलिएको निष्कर्ष निकालेका थिए । तर बुधबार तुम्याहाङहरुसँगको कार्यक्रममा आफ्नो कुरा राखेर कोपिलाले कार्यक्रम छाडेर हिडेकी थिईन् ।

आफ्नो नाम जोडेर विदेशी भिडियो फैलिएपछि लामो समय तनावमा परेकी अभिनेत्री रेखाले केही समयअघि गलत भिडियो फैलाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै विज्ञप्ती सार्वजनिक गरेकी थिईन् । उनलाई साथ दिंदै चलचित्रकर्मी महासंघ प्रदेश नं. १ समितिले पनि विज्ञप्ती जारी गरेको थियो । रेखा र चलचित्रकर्मी महासंघले भिडियो फैलाउने पत्ता लगाएर साईबर अपराध अनुसार कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन समेत दिएका थिए । तर प्रहरीले कसैलाई पक्राउ गरेको थिएन ।

त्यसपछि रेखा र प्रदेश १का चलचित्रकर्मीहरुले किटानी जाहेरी दिने तयारी गरेपछि लिम्बु समुदायका सामाजिक संस्थाहरुको पहलमा समुदाय भित्रै विवाद मिलाउने सहमती भएको थियो । त्यहि सहमती अनुसार बुधबार दुवै पक्षलाई राखेर मिलाइएको हो ।
गलत भिडियो भएकाले आफुले वास्ता नगर्दापनि देश र विदेशबाट समेत फोन र सामाजिक सञ्जाल मार्फत ‘तिमी नै हो’ भनेर आरोप आउन थालेपछि आफु तनावमा गुज्रिएको रेखाको भनाई छ । आर स्क्वायर बुटिककी सञ्चालिका समेत रहेकी रेखाले त्यो भिडियोका कारण आफुलाई मनसिक तनावसँगै व्यवसायमा पनि असर परेको बताईन् । बुधबार विवाद मिलेपछि २ महिनादेखिको तनाव हटेको रेखाले बताईन् ।

IMG-2362

माफी माग्ने क्रममा
 
IMG-2333 1

IMG-2363लिम्बु परम्परा अनुसार ढुङ्गा र दुबो छोएर मिल्दै ।

bigyapti

मेरिनाले जारी गरेकाे विज्ञप्ती