संखुवासभा । संखुवासभामा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । सोमबार (आज) मात्रै ९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार प्रहरीका ७ जना र क्वारेन्टिनमा रहेका २ जना गरि ९ जनामा संक्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत पुरुष कर्मचारी ६ जना र महिला १ जना गरि ७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ भने खाँदबारी क्वारेन्टिनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । खाँदबारी क्वारेन्टिनमा संकलन गरेर पठाएको ५३ जनाको स्वाव प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगरमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई आईसोलेशनमा सार्ने तयारी भई रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरुसंग सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । यो संगै संखुवासभामा कोरोना संक्रमण हुनेकोे संख्या २६ पुगेको छ भने ९ जना उपचारपछि घर फर्कि सकेका छन् ।