भोजपुर । जिल्लाको हतुवागढी गाउपालिका प्रवेश गर्ने सम्पुर्ण नाका भदौ २२ गते सम्म शिल गरिएको छ । गाउपालिका स्तरिय प्रकोप व्यावस्थापन दु्रत प्रतिकार्य समुह तथा जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकको निर्णय अनुसार गाउपालिका प्रवेश गर्ने सम्पुर्ण नाका मंगलबार देखि शिल गरिएको हो ।

नाका शिल गरिए संगै गाउपालिका र सबै वडाहरुबाट प्रदान गरिने सेवा समेत बन्द गरिएको गाउपालिका अध्यक्ष प्रेम कुमार राईले बताए । एम्बुलेन्स र खाद्य सामाग्री ढुवानी गर्ने सवारी साधन बाहेक मालवाहक तथा यात्रु वाहक सवारी सञ्चालनमा रोक लगाईएको अध्यक्ष राईले जानकारी दिए ।

यस्तै गाउपालिका भित्र रहेका बजार पसल तथा घोडेटार बजारमा लाग्ने शनिबारे हटिया पनि बन्द गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाले बताए । कोरोना महामारी नियन्त्रण गर्ने दायित्व सबैको भएको उल्लेख गर्दै अध्यक्ष राईले सबै वडाका बस्तीहरुमा भीडभाड नगरी दिन पनि गाउपालिका बासीलाई आग्रह गरेका छन् ।