ब्लाष्टखबर । धरान १५ मा ७१ वर्षीय बृद्धकाे मृत्युपछि स्वाब संकलन गरीकाे छ । धरान ८ मा भाडामा बस्दै आएका उनकाे परिवार १५ नम्बर वडाकमाे युएन पथकाे आफ्नै नयाँ घरमा सरेका उनकाे घर सरेकाे २ घण्टामानै मृत्यु भएपछि काेराेना संक्रमणकाे आशंकामा स्थानियकाे आग्रहमा स्वाव परिक्षण गरिएकाे उपमहानगरका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।
उनले भने ' धरान ८ मा छाेराहरूसंग भाडामा बस्दै आउनु भएकाे रहेछ , विरामी पनि हुनुहुदाे रहेछ । १५ मा आफ्नै नयाँ घर सरेपछि वहाँकाे मृत्यु भएकाे रहेछ । काेरेाना संक्रमण लक्षण जस्तो पनि देखिएको भन्दै स्थानियले परिक्षण गर्न आग्रह गर्नु भयाे । हामीले परिक्षण गरिदिएका छाैं । ' मृतक र उनका आफन्त कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाे बताइएकाे छ ।