धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना संक्रमित एक नर्सको परिवारका ४ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
प्रतिष्ठानको मेटरनल आइसियु(एमअाइसियु)मा कार्यरत ४ जना नर्सहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको मध्यको एक नर्सका परिवारमा स.क्रमण पुष्टि भएको हो ।
यसअघि पनि एमआइसियुमै २ जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा संक्रमण पुष्टि भएको थियो । ती महिलाबाट ६ जना नर्स हुदैं परिवारमासमेत संक्रमण पुगेको छ ।

नर्सका परिवार धरान १६ स्थित अन्नपुर्ण चोकदेखि केही दक्षिण हारती अजिमा मार्गमा बस्दैंआएका थिए । परिवरका ४ जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । उनका अनुसार नर्सका बुबा, आमा, भाई र छोराको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

परिवारका सबै सदस्य स.क्रमित भएकाले होम आइसोलेसनमा राख्ने तयारी भएको वडाअध्यक्ष गिरीले जानकारी दिए । उनीहरु बसेको घरलाई सिल गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।